काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि बृद्धि भएको छ ।
आज प्रतितोला २ सय रुपैयाँले बृद्धि हुँदै सुन ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर सुन ८० हजार ५ सयमा कारोबार भएको थियो । मंगलबार ७८ हजारमा कारोबार भएको सुनको मूल्य बिहिबारसम्म आउँदा २ हजार ४ सयले बढेको छ । आजको मूल्य हालसम्मकै उच्च मूल्य हो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।





























प्रतिक्रिया