काठमाडौं ।
भारतमा २८ जनामा कोरोना भएको पुष्टि भएसँगै सरकारले २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।
रोक लगाइएका औषधिहरुमा पारासिटामोल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन लगायत छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएमा औषधि नपुगेर आफ्नो मुलक संकटमा पर्न सक्ने बताउदै भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयले यस्तो निर्णय लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसैबीच भारतमा हालसम्म २८ जनामा कोरोना भएको पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इटालीबाट आएका १५ जनामा यसको पोजेटिभ रिपोर्ट देखिएपछि उनीहरुलाई क्वारेन्टाइन पठाइएको छ।
पछिल्लो महिना इटाली रहेका २३ जना भारत आएका मध्ये १५ जनामा कोरोनाको पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले सर्तकता अपनाउन सबै नागरिकमा अनुरोध गरेका छन् ।





























प्रतिक्रिया