नेपालका प्रधानमन्त्रीको उपचार सम्बन्धि समाचार न्यूयोर्क टाइम्समा पनि प्राथमिकतामा

नेपालका प्रधानमन्त्रीको उपचार सम्बन्धि समाचार न्यूयोर्क टाइम्समा पनि प्राथमिकतामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ । उनको सफल प्रत्यारोपणको कामना देश र विदेशबाट समेत भइरहेको छ ।

उनलाई शुभकामना दिनेहरु सँगै देशविदेशका संचार माध्यमहरुले ओलीको बारेमा समाचार प्रकाशित गरिरहेका छन् । यसै सन्दर्भमा अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स दैनिकले पनि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको समाचार प्रकाशित गरेको छ ।

सो दैनिकको समाचारमा प्रधानमन्त्री ओलीलाई ‘नेपालका लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्री’ भनेर उल्लेख गरिएको छ । न्यूयोर्क टाइम्सको अनलाइन संस्करणमा ओली लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित रहेकोले उपचारका लागि पटक पटक भारतदेखि सिंगापुरसम्म गएको समेत उल्लेख गरिएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको आज उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रत्यारोपणका लागि ५ घण्टा लाग्ने छ । त्यसपछि पनि उनलाई करिव १ हप्ता अस्पतालमै राखिने बताइएको छ ।

Skip This
Skip This
Logo