सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
दैलेख र सुर्खेतको सिमा तारापोखरीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुने मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा लैजादै गर्दा बाटो मृत्यु भएको हो । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।

सुर्खेतको चिङगाड गाउँपालिकाबाट यात्रु बोकेर वीरेन्द्रनगर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप भिरबाट खसेको थियो ।

Skip This
Skip This
Logo