काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बृद्धि भएको छ ।
प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर सुन आज ८० हजार ५ सयमा कारोबार भइरहेको छ । मंगलबार ७८ हजारमा कारोबार भइरहेको सुनको मूल्यमा एकै दिन २ हजार २ सयले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि २० रुपैयाँ बृद्धि भएको छ। आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।





























प्रतिक्रिया