कोरोना आशंकामा टेकु अस्पताल भर्ना भएका पाँचजनाको रिपोर्ट नेगेटिभ

कोरोना आशंकामा टेकु अस्पताल भर्ना भएका पाँचजनाको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका पाँच बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार उनीहरुको शरीरको तापका आधारमा केही दिन आइसोलेसनमा राख्ने निर्णय भएको छ।

चीनबाट एक र कोरियाबाट आएका तीनसहित पाँचजनालाई केही दिन अस्पतालमै राखेर परीक्षण गर्न लागिएको हो । देवकोटाका अनुसार कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना भएकामध्ये २३ जना घर फर्किसकेका छन् । केही दिनको परीक्षण र उपचारपछि उनीहरुलाई घर पठाइएको हो। अन्नपूर्णबाट

Skip This
Skip This
Logo