सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा अवस्थित इन्द्रावती आधारभुत विद्यालयका विद्यार्थीलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।
काभ्रे मण्डनदेउपुर नपा ६ सिपाघाटका प्रेम श्रेष्ठले अमेरिकाबाट सहयोग पठाएका हुन् । श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड शहरमा बस्दै आएका छन् । श्रेष्ठ सिपाघाटका यूवा समाजसेवीसमेत हुन् । उनले विगत देखिनै उक्त विद्यालयलाई विभिन्न सहयोग गर्दै आएका र गत पुस २९ गते श्रेष्ठकै सहयोगमा १०० जना विद्यार्थीलाई ट्र्याक सुट, जुत्ता, मोजा लगायत सामाग्री हस्तान्तरण गरिएको थियो ।

यस पहिले पनि विद्यालयलाई श्रेष्ठले दुई थान ल्यापटप उपलब्ध गराएका थिए भने उनकै सहयोगमा विद्यालयमा एक शिक्षिका समेत उपलब्ध गराएका छन् । इन्द्रावती आधारभुत विद्यालयमा बिपन्न वर्गका विद्यार्थी पढ्ने गरेका छन् । श्रेष्ठले विभिन्न शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालयको पठनपाठनमा सहयोग पुर्याउँदै आएका छन् ।
श्रेष्ठको सहयोगले विद्यार्थी अभिभावक र विद्यालयका शिक्षक शिक्षिका खुसी भएका छन् । विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गरि भविष्यका कर्णधार विद्यार्थीप्रति जिम्मेवार बनाउन पनि श्रेष्ठको सहयोग महत्त्वपूर्ण साबित हुनेछ ।





























प्रतिक्रिया