चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न शिक्षा मन्त्रालयको निर्देशन

चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न शिक्षा मन्त्रालयको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सम्पूर्ण विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । मङगलबार मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी परीक्षा सञ्चालन गर्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।

सो निर्णय बमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन सङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुकाहरुलाई शिक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन विद्यालयमा सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु आयोजना नगर्न नगराउन भनेको छ ।

Skip This
Skip This
Logo