हेमन्त गुरुङ्गको ‘बाँचपुरे कान्छा’ सार्वजनिक (भिडियोसहित)

हेमन्त गुरुङ्गको ‘बाँचपुरे कान्छा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको उर्वर भूमी मानिने स्याङ्गजा आसपासमा सर्वाधिक लोकप्रिय रहेको कौरा गीत ‘बाँचपुरे कान्छा’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक हेमन्त गुरुङ र गायिका सिता थापाको आवाज रहेको छ । सामाजिक परम्परा र संस्कृतिलाई आधार बनाएर निमार्ण गरिएको गीतमा पश्चिम नेपालको संस्कार र संस्कृति भेटन सकिन्छ । गीतमा हेमन्त गुरुङको शब्द तथा लय सिर्जना रहेको छ ।

गीतको भिडियोमा शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन रहेको छ । बाँचपुरे कान्छा गीतको भिडियोमा निर आले र स्मृती मगरको अभिनय रहेको छ । गीतको भिडियो :

Logo