जनताको चाहनालाई मूर्त रुप दिन पार्टी एकता : उपप्रधानमन्त्री पोखरेल

जनताको चाहनालाई मूर्त रुप दिन पार्टी एकता : उपप्रधानमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट पार्टी अनेक खालका प्रतिकूलतासँग जुधेर यो ठाउँसम्म आइपुगेका बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले पार्टी बाहिरी शक्तिसँग मात्र नभई आफैँ भित्रका समस्यासँग पनि जुधेर यहाँसम्म आएको बताए ।

“गलत कुरा बोकेर कम्युनिष्ट पार्टीमा रहन सकिँदैन”, रक्षामन्त्री पोखरेलले भने “कम्युनिष्ट पार्टीको मान्छे विभिन्न ओहदामा बसेर यदि गलत कुरा गर्छ भने त्यसलाई हामी मुर्दावाद भन्छौँ, कहिल्यै जिन्दावाद भन्न सक्दैनौँ ।” उनले देशभरिका जनताको चाहनालाई मूर्त रुप दिन पार्टी एकता गरिएको उल्लेख गरे ।

“राष्ट्रिय आवश्यकतालाई पूरा गर्नका लागि पार्टी एक भएको हो”, उनले भने, “हाम्रो एकता राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि नभई स्थायित्वका लागि हो ।” उनले एकतालाई कहीँबाट कमजोर बनाउने काम हुन्छ भने कुनै हालतमा स्वीकार गर्न नसकिने विचार व्यक्त गरे ।
रासस

Skip This
Skip This
Logo