कोरोना भाइरसले मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघ्यो

कोरोना भाइरसले मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या ३ हजार जना नाघेको छ।

मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवेइ प्रान्तका हुन् । उक्त भाइरस गत डिसेम्बर महिनादेखि फैलिन थालेको थियो।

चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ। इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। इटलीमा पनि  ३० जनाको ज्यान गइसकेको छ।  विश्वभरि झन्डै ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

अहिले चीनबाहिर उक्त भाइरस तीव्र गतिमा फैलिरहेको छ।  तर, सङ्क्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले आइतवार जनाएको छ।

कोरोना भाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने जनाएको छ। मौसमी रुघाखोकीको औसत मृत्युदर ०.१ प्रतिशत हुन्छ र भाइरस अति सङ्क्रामक हुन्छ। त्यसबाट प्रतिवर्ष चार लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

 

Logo