चीनका लागि नेपाली राजदूत पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

चीनका लागि नेपाली राजदूत पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिने सरकारले निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको हो । पौडेललाई किन फिर्ता गराउन लागिएको भन्‍नेबारे स्पष्ट खुलाइएको छैन ।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको हो । पौडेल गत २०७३ साल कात्तिकमा राजदूतमा नियुक्त भएका थिए । मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएर चीनका लागि नयाँ राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

Skip This
Skip This
Logo