शीर्षस्थानको बायर्न पराजित

शीर्षस्थानको बायर्न पराजित

केन्द्रबिन्दु
0
Shares

शीर्षस्थानकाे बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ को हार बेहोरेको छ ।

हारसँगै बायर्नको २१औं खेलमा अपराजित यात्रामा पुर्णविरामा लागेको छ । मोन्चेनग्लाडवाकको घरेलु मैदानमा शुक्रबार राति भएको बायर्नले खेलको २० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा नेउहउले ह्यान्ड गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएको थियो । २६औं मिनेटमा लियोन गोरेटकाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

बायर्नले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा हार स्वीकार्नु परेकाे हाे । खेलकाे ३६औं मिनेटमा जोनास होफमानले गोल गर्दै मोन्चेनग्लाडवाकलाई खेलमा फर्कने संकेत दिए । पहिलो हाफको इन्ज्युरी समयमा होफमानले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

दाेस्राे हाफमा फ्लोरियन नेउहसले ४९औं मिनेटमा गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–२ को अग्रता दिलाए । थप गोल हुन नसकेपछि पराजित भएकाे बायर्न शीर्षस्थानमा कायम रहे पनि अंक दुरी बढाउने मौका गुमाएको छ ।

Skip This
Skip This
Logo