काठमाडौं ।
समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायरा बढाएको भन्दै फिर्ता लिन माग गरिन् । संसदको सार्वभौमिकता मिचेर चोर बाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उनले पूर्वाधार विकास करको नाममा पेट्रोलमा शतप्रतिशत कर बढाउने निर्णयको निन्दा गरिन् ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुढिगण्डकी निर्माणका लागि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने निर्णय गरेको भए पनि अहिले सरकारले पूर्वाधार विकास करको नाममा १० रुपैयाँ लिने निर्णय गर्नु उचित नभएको बताए । आयल निगमले प्रदुषण कर, रोड करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई मूर्ख बनाएर दोहोरो कर लगाइएको बताए । गत माघ १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो ।































प्रतिक्रिया