महोत्तरीमा गोली चल्दा एक जना घाइते

महोत्तरीमा गोली चल्दा एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि राति २ बजेको समयमा गोली प्रहार भएको हो ।

घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।
रासस

Skip This
Skip This
Logo