नेविसङ्घद्वारा पुस्तकमा गरिएको मूल्यवृद्धिको विरोध

नेविसङ्घद्वारा पुस्तकमा गरिएको मूल्यवृद्धिको विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ ।

सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखी आज देशभर विरोध गरेका हुन् ।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्श लगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पस अगाडी प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए।

महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरे। “सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ”, उनले भने । अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए ।
रासस

Skip This
Skip This
Logo