सामाजिक सन्जालमा भड्काउ अभिव्यक्ति भएका भिडियो राख्नेलाई भारतको दिल्ली सरकारले निकै कडा कारवाही गर्ने तयारी गरेको छ । दिल्लीको आइटी कानुन ५६ ए तथा आइपिसीको धारा १५३ ए, ५०६ का अनुसार कारवाही गर्ने भएको छ । यसमा यस्ता व्यक्तिलाई ३ वर्ष कैद गर्न सकिने उल्लेख गरिएको छ ।
दिल्ली सरकारले तत्काल एउटा ह्वाट्सएप नम्बर बनाएर त्यहाँका नागरिकलाई धार्मिक हिंसा मच्चाउन सक्ने खालका भिडियो भए जानकारी दिन अनुरोध गर्ने तयारी गरेको छ ।
आफ्नो मोबाइलमा आएका भिडियोबारे जानकारी गराउन त्यहाँका नागरिकलाई अनुरोध गरिने र दोषीलाई पक्राउ गरेर कारवाही गर्ने दिल्ली सरकारको तयारी हो । अहिले दिल्लीमा फैलिएको हिंसा तथा दंगाका कारण दिल्ली सरकारले यो कदम उठाएको बताइएकाे छ ।





























प्रतिक्रिया