नेपाल मलेसियासँग पराजित

नेपाल मलेसियासँग पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको उपाधि जित्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ ।

थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।

टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।

प्रतियोगिता अन्तर्गत नै शनिबार सिंगापुरले थाइल्याण्डलाई हराएर विजयी सुरुवात गरेको छ । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

Skip This
Skip This
Logo