टी-ट्वान्टीमा सन्दीपको ऐतिहासिक १०० विकेट

टी-ट्वान्टीमा सन्दीपको ऐतिहासिक १०० विकेट

केन्द्रबिन्दु
0
Shares

लेग स्पिनर सन्दीप लामिछानेले टि ट्वान्टी क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् ।

शनिबार एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टि २० मा एक सय विकेट पुरा गरेका हुन् । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका हुन् ।  सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे ।

सन्दीपले करियरको सय विकेट पुरा गर्ने क्रममा नेपालबाट १८ खेलमा ३१ विकेट लिएका छन् । सन्दीपले यस सफलता ७५ खेलमा पुरा गरेका हुन् ।  सन्दीपले बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए ।

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् ।  सन्दिपले २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

Skip This
Skip This
Logo