ताप्लेजुङ्ग समाज नेपालको आयोजनामा आज भइरहेको बृहत हाइकिङ्गको शिवपुरीबाट (LIVE)

ताप्लेजुङ्ग समाज नेपालको आयोजनामा आज भइरहेको बृहत हाइकिङ्गको शिवपुरीबाट (LIVE)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ताप्लेजुङ्ग समाज नेपालको आयोजनामा आज बृहत हाइकिङ्ग भइरहेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रम बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्वा, तारेभिर हुदै १५ कि।मिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको अल्टिमेट भेन्यु रिसोर्ट पुगी बिबिध साँस्कृतिक कार्यक्रममा परिणत हुने आयोजकले जानकारी दिएका छन् ।

यसका लागि समाजले उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति बनाएको छ। जसमा सहसंयोजक युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल साथै सदस्य सचिवमा चैतन्य तुम्बाहाम्फे रहेका छन् । केन्द्रबिन्दु मिडियाले त्यसको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

 

Skip This
Skip This
Logo