नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी दर्ता

नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित नायक अनमोल केसीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको छ ।

फिल्म खेल्ने बताउँदै ५ लाख रकम पहिलेनै लिएका केसीले फिल्म नखेलेको बताउँदै निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी हालेका छन् । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा अभिनय गर्ने भन्दै श्रेष्ठ र खड्गीले केसीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । उनीहरुको सम्झौता अनुसार ५ लाख एडभान्स दिएपछि केसीले फिल्म नखेलेको उजुरीमा उल्लेख छ ।

अनमोल चर्चित अभिनेता भुवन केसीका छोरा हुन् । यस्तै, फिल्म खेल्ने बहानामा केसीले ३ महिनासम्म जिम तथा एक्टिङ कक्षाका लागि आफूहरुसँग थप २ लाख ५० हजारसमेत लिएको उनीहरुले बताए । केसीले फिल्मका कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाएका थिए । फरार रहेका केसीका कारण हानी नोक्सानी पुगेकोले कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo