सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन्। प्रान्तीय गभर्नरका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्।
अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ। द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन्।
घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन्। रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन्। ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ।
टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन्।
त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएकाे बिबिसीले जनाएकाे छ ।





























प्रतिक्रिया