युरोपा लिगबाट लण्डन क्लब आर्सनल बाहिरिएको छ । शुक्रबार अन्तिम ३२ को दोस्रो लेगको खेलमा ओलम्पियाकोसंग पराजित हुँदै आर्सनल अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगको खेलमा आर्सनलले १–० को अग्रता लिएको थियो । पपी अबौ सीसेको गोलसंगै ग्रिस क्लबले दोस्रो लेगको खेल बराबरीतर्फ उन्मुख बनाएको थियो ।
अबुमियाङले थपिएको अतिरिक्त समयमा गोल गर्दै आर्सनललाई अघिल्लो चरणको नजिक पुर्याएका थिए ।
खेलको अन्तिम समयमा युसुफ एल अरबीले गोल गर्दै समग्रमा खेल २–२ को स्थितीमा ल्याएसँगै खेल बराबरीमा सकियाे । लिगमा अवे गोलका आधारमा ओलम्पियाकोस युरोपा लिगको अघिल्लो चरणमा प्रवेश गर्न सफल रह्यो ।





























प्रतिक्रिया