काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरुवीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको थियो । कोइरालाले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन नगर्न र यसो गरेमा मुलुक दुर्घटनामा निम्तिन सक्ने विषयमा प्रधानमन्त्रीलाई सुझाएका थिए ।
डेढघण्टा लामो भेटघाटका क्रममा बाँस्कोटा प्रकरण, संविधान संशोधनका विषय, नेकपाभित्र चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टीका विषयमा छलफल भएको बताइएको छ । कोइराला र प्रधानमन्त्रीबीच भएको यस भेटघाटलाई निकै महत्वका साथ हेरिएको छ।































प्रतिक्रिया