कलाक्षेत्रमा आउन सक्ने रबि लामिछानेको संकेत (भिडियोसहित)

कलाक्षेत्रमा आउन सक्ने रबि लामिछानेको संकेत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित संचारकर्मी रबि लामिछानेले आफू पनि कलाकारिता क्षेत्रमा आउने संकेत गरेका छन् । आज बिग मुभिज सिटीसेन्टरमा चलचित्र सेन्टी भाइरस हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गएको शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ को चर्चा यतिबेला निकै नै चुलिएको छ । रिलिज भएको छोटो समयमै यसले व्यवसायीक सफलता पाउँदै गएको छ । प्रर्दशन भएका सबैजसो हलमा हाउस फूल यस चलचित्रका मुख्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक र सामाजिक विषय उठान गरेको छ । हास्यव्यङग्यमा आधारित चलचित्रमा सीताराम कट्टेल धुर्मुस , कुञ्जना घिमिरे सुन्तलीका साथै दयाहाङ राई, बुद्दि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा छन् । हेरौं यो भिडियोमा :

Logo