‘ब्याक’ भयाे नेकपा

‘ब्याक’ भयाे नेकपा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा सचिवालय बैठकले यसअघि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी  संविधान संशोधन गर्न बनाएको कार्यदललाई अगाडि नबढाउने निर्णय गरेको छ । व्यक्तिगत स्वार्थकाे लागि संविधान संसोधन गर्न लागेकाे भन्दै विराेध हुन थालेपछि नेकपा ब्याक भएकाे हाे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदलको औचित्य तत्काल नरहेको भन्दै कार्यदल क्रियाशील नहुने प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘अहिले नै संविधान संशेधनको गृहकार्य गर्न औचित्य देखिएन।’

नेकपा सचिवालयले गत शनिबार माधव नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाई प्रधानमन्त्री बनाउने योजना सहित संविधान संशोधन गर्न कार्यदल बनाएपछि नेापली का‌ंग्रेस, समाजवादी पार्टीलगायतले विरोध गरेका थिए ।

Logo