मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ वाणिज्य बैंकको ब्रान्ड एम्बासडर

मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ वाणिज्य बैंकको ब्रान्ड एम्बासडर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्धनका लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ।

बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौता अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त भएकी हुन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।

कार्यक्रममा दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

Skip This
Skip This
Logo