शिशु जन्मिनासाथ रुन्छन् । नेपाली समाजमा त झन् शिशु रूनुपर्ने मान्यता नै छ ।
तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै रूनुको सट्टा रिसाइन् । उनको यो फोटो अहिले विश्वभर भाइरल भइरहेका छन् ।
खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी काट्नुअघि उनलाई रुवाउन आवश्यक थियो ।

तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।































प्रतिक्रिया