जान्हवीले शेयर गरिन् आफ्नी आमा श्रीदेवीको याद

जान्हवीले शेयर गरिन् आफ्नी आमा श्रीदेवीको याद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

फेब्रुवरी २४ को दिन बलिउड अभिनेत्री श्रीदेवीको पुण्यतिथी हो। सन् २०१८ मा परिवारको एक विवाह समारोहमा सम्मिलित हुन श्रीदेवी दुबई पुगेकी थिइन् । आजकै दिन दुबईको एक होटलको बाथरुममा उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको मृत्युको खबरले धेरैलाई स्तब्ध बनाएको थियो । उनलाई श्रद्धाञ्जली दिनको लागी देश विदेशबाट आएका मानिसहरुको भिड लागेको थियो ।

 

श्रीदेवीको अचानक मृत्युले उनको परिवारको सदस्यमा गहिरो चोट पुगेको थियो । विशेष गरी उनकी दुई छोरीहरुलाई धेरै पीडा परेको थियो । उनीहरुलाई धेरै समयसम्म एक्लोपन महशुस भएको थियो ।

श्रीदेवीको मृत्युको समयमा उनकी जेठी छोरी जान्हवीलाई उनको धेरै जरुरत थियो । किनकी जान्हवीको पहिलो चलचित्र रिलिज हुने तरखरमा थियो ।

आज जान्हवी कपूरले आफ्नी आमा श्रीदेवीको दोस्रो पुण्यतिथीमा फेरी आफ्नो यादहरु ताजा गरेकी छिन् । जान्हवीले आफ्नो आमालाई याद गर्दै बाल्यकाल देखीको फोटो सोसियल मिडियामा शेयर गरेकी छिन् । जान्हवीले फोटो शेयरसँगै क्याप्सनमा लेखेकी छिन् ‘आमा म हजुरलाई सधै याद गर्छु’ ।

Skip This
Skip This
Logo