कपुर खानदान संकटमा

कपुर खानदान संकटमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

निर्देशक अली अब्बस जफरले सोसियल मिडियामा राखेको स्टाटसले कपूर खानदानमा मनमुटाव ल्याएको छ । जफरले सन् १९८७ मा प्रदर्शनमा आएको श्री देवी, अनिल कपूर र अमरीश पुरीको सुपर हिट चलचित्र ‘मिस्टर इण्डिया’ रीमेकको पठकथामा काम सुरु गर्ने बताएको थियो । यसै विषयलाई लिएर अहिले कपूर खानदानमा अराजकता मच्चिएको हो ।

अनिल कपूरका छोरा हर्षवर्धन कपूर र छोरी सोनम कपूर यस विषयलाई लिएर धेरै असन्तुष्टि भएका छन् । चलचित्र रीमेकका बारेमा आफ्नो बुवा अनिल कपूरलाई कुनै जानकारी नदिएको उनीहरुको गुनासो छ ।

सोनम कपूरले आफ्नो ट्वीटरमा लेखेकी छिन् , ‘मलाई धेरै मान्छेहरुले ‘मिस्टर इण्डिया’को रीमेकको बारेमा सोधिरहेका छन् । तर मेरो बुवालाई यस विषयमा कुनै जानकारी नै थिएन । हामीलाई पनि सोसियल मिडियामा अली अब्बस जफरको स्टाटस हेरेर मात्र थाहा भयो । यो ठूलो दुर्भाग्यको कुरा हो । कसैले पनि मेरो बुवा र शेखर अंकललाई यस चलचित्रको बारेमा कुरा गरेनन् । यो चलचित्र बनाउनमा उनीहरु दुवै जनाको ठूलो योगदान थियो । यो धेरै दुःखको विषय हो किनकी ‘मिस्टर इण्डिया’ मेरो बुवाको एकदमै हृदय नजिकको चलचित्र हो । त्यसैले उहाँले धेरै मेहनत गर्नुभएको थियो
।’

चलचित्र ‘मिस्टर इण्डिया’ बोनी कपूरले निर्माण गरेका हुन् । तर सोसियल मिडियाहरुमा यस चलचित्रको रीमेकको विषयमा सोनमका ठूलो बुवा बोनी कपूरको अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन । यद्यपी सोनम कपूर र हर्षवर्धनको टिप्पणीलाई लिएर धेरैलाई चोट पुगेको छ । यस विषयमा मानिसहरु बोनी कपूरको प्रतिक्रिया सुन्नलाई उत्साहित छन् ।

मिडियाहरुले बोनी कपूरलाई सम्पर्क गरे पनि उनी यस विषयमा बोल्न चाहेका छैनन् । कपूर खानदानमा यो संकट निर्देशक अली अब्बस जफरको स्टाटसबाट सुरु भएको हो ।

Skip This
Skip This
Logo