कोभिड–१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ : राष्ट्रपति सी

कोभिड–१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ : राष्ट्रपति सी

केन्द्रबिन्दु
0
Shares

हुबेई ।
चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन् । चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन सुरू भएको थियो ।

सङ्क्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ सङ्केत गर्दै उनले भने, “चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ ।”

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइए अनुसार सीले भनेका छन् , “ कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएका हो

“यो हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो,” उनले भने । चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चीनमा मात्रै दुई हजार ४६५ पुगेको र मुख्यभूमि चीनमा ७९ हजार ९३० जनामा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो प्रतिक्रिया आएको हो । यसैबीच चीनमा भने कोरोना भाइरस सङ्क्रमणका नयाँ विरामीको सङ्ख्यामा पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको छ ।

राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताएका हुन् । यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उनले बताए।

Skip This
Skip This
Logo