काठमाडौं ।
‘नाई मलाई थाहा छैन’, ‘किन कर्के’ लगायत हिट गीतका गायक संजिव पराजुलीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
बिहिबार सार्वजनिक गरिएको गीतलाई ‘बालापनको उमेर २ – बाल्यकालको सम्झना’ नाम दिइएको छ। पहिल्यै हिट भइसकेको ‘बालापनको उमेर’ को दोस्रो भागको रुपमा तयार गरिएको यस गीतमा शब्द तथा संगीत वसन्त सापकोटाले दिएका छन्।
गीतको छायांकन ललितपुरको छम्पी देवी उच्च माध्यमिक विद्यालयमा गरिएको हो । गीत खिचिएकै स्थानमा पुगेर भिडियो सार्वजनिक गरिएको छ । गायक पराजुलीले भने, ‘जुन स्कुलमा हामीले खिचेका थियौँ, त्यहीँका विद्यार्थी भाईबहिनीहरुसँग बसेर गीत सार्वजनिक गर्ने मन भएर सोही स्कुलमा पुगेका थियौँ ।’
त्यहाँ पुगेर विद्यार्थीहरुलाई भिडियो देखाउँदा उनीहरुले भिडियोलाई निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । आफ्नो विद्यालयलाई भिडियोमा देख्न पाउँदा उनीहरु खुसी थिए । भिडियो निर्माण टिमले सुटिङ गरिएको स्कुलमा केही आर्थिक सहयोग पनि गरेको गायक पराजुलीले बताए।
गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा संजिव पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र सन्रिका भट्टराईको अभिनय रहेको छ। प्रभा आचार्य सहायक निर्देशक रहेको भिडियोलाई फराज अर्पनले छायांकन तथा सम्पादन गरेका हुन्। हेरौं भिडियोमा :































प्रतिक्रिया