तनहुँमा भएको सवारी दुर्घटनामा २० जना घाइते

तनहुँमा भएको सवारी दुर्घटनामा २० जना घाइते

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं. को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं. को बस एक आपसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा आएको ना ५ ख २८५६ नं. को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ ।
रासस

Skip This
Skip This
Logo