परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४३ औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

जेनेभा प्रस्थान गर्नु अघि सङ्क्षिप्त कुरा गर्दै फागुन १३ गते हुने उक्त बैठकमा आफूले मानव अधिकार प्रवद्र्धन र संरक्षणप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता, नेपालको संविधान र प्रचलित ऐन कानून बमोजिम बाल अधिकारको रक्षा, जातीय, लिङ्गिय विभेदको अन्त्य, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनको अक्षरशः पालनाका साथै मानव अधिकार, बाल अधिकारको प्रत्याभूति र प्रवद्र्धनमा नेपालले हासिल गरेका उपलब्धि प्रस्तुत गरिने जानकारी दिए ।

यो वर्ष बाल अधिकार सम्बन्धी सन्धि भएको २५ औँ वार्षिकोत्सवका सन्दर्भमा नेपालले बाल अधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने मन्त्री ज्ञवालीले बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगलगायत द्वन्द्वकालीन मुद्दाको निरुपणप्रतिको नेपालको पूर्ण प्रतिबद्धता पनि बैठकमा दोहो¥याइने उनले बताए ।

जेनभा रहँदा मन्त्री ज्ञवालीले त्यहाँस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभामा रहँदा उनले राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । ज्ञवालीको टोली फागुन १६ गते स्वदेश फर्कनेछ ।

Skip This
Skip This
Logo