प्रचण्ड–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा

प्रचण्ड–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पूगेको छ।

सोमबारको बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । यस समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको थियो ।

यस अघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अद्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिनिधिसभा विघटनसँगै दुई चिरामा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरिसकेको छ ।

Skip This
Skip This
Logo