डोटीमा २ वटा डोजरमा आगजनी

डोटीमा २ वटा डोजरमा आगजनी

केन्द्रबिन्दु
0
Shares

डोटी ।

डोटीमा २ वटा डोजरमा आगजनी भएको छ । जिल्लाको सायल र आदर्श गाउँपालिकामा बाटो सफा गर्न रोकिरहेको डोजरमा अज्ञात समूहले आगजनी गरेको हो ।

सायल गाउँपालिका १ मा बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका ३ मा रहेको आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको बा १ क २१५९ नम्बरको डोजरमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको टोली घटनास्थलतर्फ पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

Logo