आज बिहानै पाैने २ घण्टा दोलखाको भीमेश्वर मन्दिरमा पसिना 

आज बिहानै पाैने २ घण्टा दोलखाको भीमेश्वर मन्दिरमा पसिना 

केन्द्रबिन्दु
0
Shares

दोलखा । दोलखाको  ऐतिहासिक भीमेश्वर मन्दिरमा पसिना आएको छ । दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेकोछ ।

आज बिहान ६ः४५ बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए ।

भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन अनुसार क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउन लागेको उनले बताए ।

भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टोली बिहान ७ः०० बजे मन्दिरस्थल पुगेका थिए ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

Skip This
Skip This
Logo