सेनाले भेटाएको नगद एकलाख रुपैयाँ प्रहरीलाई जिम्मा

सेनाले भेटाएको नगद एकलाख रुपैयाँ प्रहरीलाई जिम्मा

केन्द्रबिन्दु
0
Shares

दमक ।
नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेटाएको एक लाख नगद प्रहरीलाई बुझाएको छ ।

पूर्वी पृतना अन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो ।

नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भने, “आजसम्म कोही दाबी गर्न आएका छैनन् । प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौँ ।” उनले रकम दाबी गर्न कोही नआएमा कानून बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए ।
रासस

Skip This
Skip This
Logo