१६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध तीनवटा मुद्दा दायर

१६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध तीनवटा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गोरखाको एक विद्यालयका प्रधानाध्यापकले फरक फरक शीर्षकमा लाखौ रकम भ्रष्टाचार गरेको अभियोगमा छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गरिएको छ । गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहले विभिन्न शीर्षक र समयमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यपक शिवकुमार शाहले तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट रेट्रो मेन्टेनेन्स शीर्षकमा २ लाख ५० हजार र मर्मत शीर्षकमा १ लाख लिए पनि कुनै काम नगरी बदनियतका साथ सरकारी सम्पत्तिको दुरुपयोग गरेको हुँदा ३ लाख ५० हजार बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट पुस्तकालय व्यवस्थापन शीर्षकमा ६ लाख ५० हजार रुपैयाँ लिए पनि कुनै काम नगरेको हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कसुर भएको भन्दै मागदाबी अनुसारको भ्रष्टाचार रकम दाबी गर्दै नेपाने माध्यमिक विद्यालयका प्रअ साहविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै नेपाने माध्यमिक विद्यालयका प्रअ साहविरुद्ध अर्को पनि मुद्दा दायर भएको छ । विद्यालयको पोषाक, झोला, शौचालय निर्माण, झुटो बील पेश गरेको लगायतका शीर्षकमा मुद्दा दायर भएको हो । प्रअ साहले विभिन्न शीर्षकमा ५ लाख ९५ हजार ४ सय रुपैया गलत कागजात बनाई भ्रष्टाचार गरेको अभियोग छ ।

साथै शिक्षा विकास तथा समन्वय इकाईका सव इन्जिनियर विकास झाले निज प्रधानाध्यपक साहसँग मिलेर छात्रा शौचालय निर्माण शीर्षकमा झुटो प्रतिवेदन तथा नापी किताव तयार पारेको हुँदा ३ लाख ५० हजार हिनामिना गर्न सहयोग गर्ने कार्यमा संलग्न भएको हुँदा सव इन्जिनियर झाविरुद्ध पनि ३ लाख ५० हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Skip This
Skip This
Logo