काठमाडौं ।
चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेलस्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो ।
नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीबाट गीत गाउँदै विगत दुई दशकदेखि तहल्का मच्चाउँदै आएका गायक बज्राचार्यलाई किन म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो भन्ने प्रश्न गर्दा उनी भन्छन् , “आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन । सहकर्मीहरु त्यति भेट हुदैनन् , चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ । मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु । बाहिरी परिवेश र सामाजिक घटनाहरुले गर्दा मलाई यतातिर लाग्न प्रेरणा दियो ।”
उनी आफ्नो अनुभव सुनाउँछन् , “बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जोसँग हामीलाई लड्नु छ । यस भिडियोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु।”
मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो , ‘राति’ । कालो शक्ति अर्थात नेगेटिभ ईनर्जीसँग पोजिटिभ इनर्जीको विजयको सांगीतिक संकेत हो ‘राती’ । सुन्दर र लोभ लालचको सैतानलाई हाम्रो आफ्नो कला संस्कृतीको लाखे तथा झाँक्री रुपी सकारात्मक सोचले पराजित गरेको कथालाई नै ‘राति’ को भिडियोमा देखाइएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया