काठमाडौँ ।
हिजोआज सवारी दुर्घटना सामान्य जस्तै भइरहेको छ । दैनिकरुपमा हुने गरेका यस्ता दुर्घटनाहरुमा सर्वसाधारणको ज्यान नगएको कुनै दिन नै छैन ।
राजधानीमा टिपरको ठक्करबाट फेरि सर्वसाधारणले ज्यान गुमाएका छन् । गएराति शङ्करापुर नगरपालिकामा टिपरले ठक्कर दिँदा स्थानीय प्रविण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार ना १ क ४५६४ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको र चालकलाई पक्राउ गरिएको छ ।
केहि दिन पहिले पनि राजधानीको कलंकीमा टिपरकै ठक्करका कारण २ जनाले ज्यान गुमाएका थिए ।































प्रतिक्रिया