तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आगामी बैशाखमा हुने

तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आगामी बैशाखमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु गरेको छ । सरकारले आगामी बैशाख १९ देखि २५ गतेसम्म भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीको सुरुवात गरेको हो ।

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको ‘२५६४ औं बुद्ध जयन्ती तथा तेश्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन ०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति गठन गरेको हो । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले अन्तर्राष्ट्रिय सम्मेलन ब्यवस्थापन उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, वृक्षारोपण तथा सरसफाई उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमिति लगायतका विभिन्न १७ वटा उपसमितिहरु गठन गरिएको बताए ।

उनले बैशाख १९ देखि २५ गतेसम्म सप्ताहब्यापी कार्यक्रमहरु सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने बताए । सम्मेलनमा स्थानीय नगरपालिकाहरुको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्व शान्ति ¥यारी आयोजना गरिने मन्त्री भट्टराईले बताए ।

सम्मेलनमा २५ देशका ३२ राज्य प्रतिनिधिहरुलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए । यसबाहेक विश्वभरका बौद्धधर्मसँग सम्बन्धित संघसंस्था तथा प्रतिष्ठानहरु, बौद्ध विद्वान धर्मगुरु तथा ब्यक्तिहरुले पनि सम्मेलनमा सहभागिता जनाउने छन् । त्यस्तै खर्च र व्यवस्थापनका लागि ‘कार्य सम्पादन तथा आर्थिक कार्यविधि ०७६’ निर्माण भइसकेको समेत उनले बताए । सम्मेलनका लागि सरकार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन वोर्ड, भ्रमण वर्ष सचिवालय र व्यक्तिगत तथा संस्थागत तवरबाट बजेटको व्यवस्थापन हुने सेमत मन्त्री भट्टराईले बताए ।

Skip This
Skip This
Logo