काठमाडौं । काठमाडौंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिन सोमबार १० खेल हुँदैछ । तेस्रो दिन लिग चरणका ६ खेल हुदैंछ ।
पहिलो खेलमा भारतीय राजदुताबासको टोली मेगा बैंक बिरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्सुरेन्स र प्राईम बैंक आमने सामने हुदैछन् । त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा बिकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतीय राजदुताबासको टोली एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणका खेलपछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।































प्रतिक्रिया