यस्तो छ, आगामी तीन दिनको मौसमी अवस्था

यस्तो छ, आगामी तीन दिनको मौसमी अवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवाँलो पनि लागेको छ।

फागुन ०५ गते (सोमबार)

दिउसोः देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्यका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

रातीः देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फागुन ०६ गते (मंगलबार)

दिउसोः देशका पूर्वी र मध्यमा आंशिकदेखि सामान्य बदली र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पूर्वी र मध्यमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहने छ । पूर्वी र मध्यका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते (बुधबार)

दिउसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo