ललितपुर । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
महानगरपालिकाका पूर्वप्रमुख तथा स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको आइतबार निधन भएकाले साेमबार बिदा दिने निर्णय गरेकाे हो ।
स्वर्गीय शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका संघको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी संघको पूर्वजिल्ला सभापति समेत थिए।
काठमाडौंको मेडीसिटी अस्पतालमा उपचारका क्रममा ८९ वर्षको उमेरमा शाक्यको निधन भएको हाे।
































प्रतिक्रिया