काठमाडौं । अल्फा बिटाले नयाँ बानेश्वरस्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा फागुन ८ गते एसियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।
भारत, जापान, मलेशिया, भियतनाम लगायतका एशियन राष्ट्रहरुमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको हुँदा देशहरुका त्यहाँस्थित विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिएका छन् ।
मेलामा २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले शैक्षिक प्रणाली, विश्वविद्यालयको पढाई हुने कोर्ष लगाएतका विषयमा सहि जानकारी पाउनेछन् । मेलामा एक हजार पाँच सयदेखि दुई हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।
अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३ सय भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । अल्फा बिटाले निरन्तर रुपमा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरेबापत विभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ ।





























प्रतिक्रिया