‘बिग बोस’को उपाधि अभिनेता सिद्धार्थ शुक्लालाई

‘बिग बोस’को उपाधि अभिनेता सिद्धार्थ शुक्लालाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’को १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। विजेता बनेसँगै सिद्धार्थले ४० लाख भारू र ट्रफी प्राप्त गरेका छन्।

विजेता सिद्धार्थ चर्चित भारतीय टेलिभिजन अभिनेता हुन्। उनी ‘बालिका वधू’, ‘दिल से दिल तक’ जस्ता सिरियलका लागि चर्चित छन्। उनले बलिउड सिनेमामा पनि काम गरेका छन्।

३९ वर्षीय शुक्ला सन् २०१४ मा ‘हम्प्टी शर्माकी दुल्हनियाँ’बाट बलिउडमा डेब्यू भएका थिए। ‘बिग बोस’को १३ संस्करणको अवधिभर उनी आफ्नो रिसाहा व्यवहारका कारण चर्चामा छाइरहन सफल भएका थिए।

उनी अशिम, शेहनाज गिल, रेशमी देसाईं, आरती सिंअ र पारस छब्बारालाई पछि पार्दै ‘बिग बोस’को विजेता बनेका हुन्।

Skip This
Skip This
Logo