एक वर्षमा २ किलोमिटर मात्रै सडक कालोपत्रे (भिडियो)

एक वर्षमा २ किलोमिटर मात्रै सडक कालोपत्रे (भिडियो)

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र शाहीले एक वर्षमा २ किलोमिटर मात्र कालोपत्रे गरेको तथ्य सार्वजनिक गरेका छन् ।

सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा कर्णाली प्रदेशले शनिबार पदस्थापना दिवस मनाएको छ । प्रदेश सरकारको स्थापना दिवस मनाउने क्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रस्तुत गरेको सरकारको संक्षिप्त वार्षिक प्रगति प्रतिवेदन अनुसार एक वर्षमा दुई किलोमिटर मात्र सडक कालोपत्रे भएको हो ।

मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २०७५ फागुन ३ देखि ०७६ फागुन २ गतेसम्मको वार्षिक प्रगति विवरणमा उक्त अवधिमा २ किलोमिटर मात्र सडक कालोपत्रे गरिएको उल्लेख छ। पूर्वाधार निर्माण तथा विकासको सन्दर्भमा वार्षिक प्रगति विवरणमा उल्लेख भएअनुसार सुर्खेत जिल्लामा हालसम्म जम्मा २ किलोमिटर सडक कालोपत्रे, ४२.५ किलोमिटर सडक ग्राभेल र ७२ किलोमिटर कच्ची सडक सम्पन्न भएको र बाँकी निर्माणाधीन अवस्थामा छन् ।

सुर्खेतमा पर्ने नेवारे खोला, मुरली खोला लगायतका स्थानमा ८ वटा मोटरेवल पुल निर्माणको क्रममा रहेको, सुर्खेत उपत्यकाको चक्रपथ निर्माणका लागि चिनियाँ टोलीबाट डिपिआर निर्माण गर्ने काम भइरहेको प्रतिवेदनमा उल्लेख छ।

Logo