मालीमा अन्तरजातीय भिडन्त, ४० को मृत्यु

मालीमा अन्तरजातीय भिडन्त, ४० को मृत्यु

केन्द्रबिन्दु
0
Shares

मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् । द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ । ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो । गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो ।

सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

Skip This
Skip This
Logo