केपी शर्मा ओलीको नाममा संचालित एक अनलाइन अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका छन् । अनलाइनमा अश्लिल भिडियोहरू अपडेट गरिएका छन् ।
प्रधानमन्त्री ओलीको नामसँग मिल्दोजुल्दो वेबसाइट भएकाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीकै वेबसाइट ह्याक भएको टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने प्रधानमन्त्रीको वेबसाइट ह्याक नभएको बताए। “अहिले चर्चामा भएको अनलाइन प्रधानमन्त्रीको होइन । ” थापाले भने । प्रधानमन्त्रीको साइट डब्लुडब्लुडब्लु केपी शर्मा ओली डट कम डट एनपी हो ।
अश्लिल साइटको नाम केपी शर्मा ओली डट कम हो । यो साइट २८ मे २०१८ देखि संचालनमा आएको देखिन्छ ।































प्रतिक्रिया